टियु क्रिकेट मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ : सरकारका प्रवक्ता
वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२१
52
shares
shares

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले टियु क्रिकेट मैदान र त्यहाँको संरचना नभत्काउने बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
‘आज बिहान मेरो त्रिविको उपकुलपतिसहितका पदाधिकारीसँग बैठक बसेको थियो । खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ । भत्किँदैन’, मन्त्री पोखरेलको भनाइ छ । यसअघि टियु प्रशासनले ३५ दिनभित्र टियु परिसरका संरचना हटाउन सूचना निकालेको थियो ।











