मानसिक समस्या भन्नेवित्तिकै नेपालीहरु ‘पागल भएको’ बुझ्छन्

1.29K
shares

मानसिक समस्या भन्ने वित्तिकै नेपालीहरुले पागल भनेर नै बुझ्ने गरेको भन्दै मानसिक समस्या  भनेको पागल हुनुमात्र नभई शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनु जस्ता कारणहरु पनि मानसिक समस्याको विशेषता रहेको स्पष्ट पारे ।

बेलैमा समस्याको समाधान गर्न सेवाहरु लिइयो भने मानसिक रोग कुनै ठुलो समस्या नभएको उनको भनाई छ ।

उनले भने,‘मानसिक समस्या भनेको पागल हुनुमात्र होइन । ज्वरो आयो भन्न मिल्ने, टाउको दुख्यो भन्न मिल्ने तर मानसिक समस्या भयो भन्न नमिल्ने ? शारीरिक अवस्था, समाजमा घुलमिल हुन नसक्नु, समाजमा रहेका समस्याहरुले पिरोलिरहनुले पनि मानसिक स्वास्थ्यसँग सम्बन्ध राख्ने गर्दछ । तर भन्न सकिरहेका हुदैनौं, हिच्किचाउँछौं र लुकाउँछौं ।

समस्या लुकाएपछि ठिक हुने त कुरै भएन थप समस्याहरु बढिरहन्छन् । मानसिक समस्या भनेको ठुलो समस्या होइन । बेलैमा समस्याको समाधान गर्न सेवाहरु लिनुपर्दछ ।’

details in pdf

मानसिक समस्या भन्नेवित्तिकै नेपालीहरु ‘पागल भएको’ बुझ्छन्