यू-१९ एसिया कप : श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
वि.सं.२०८१ मंसिर १४ शुक्रवार १४:४२
shares

संयुक्त अरब इमिरेट्स (यूएई)मा आजदेखि सुरु भएको पुरुष यू–१९ एसिया कप–२०२४ को पहिलो खेलमा श्रीलङ्काले नेपाललाई जितको लागि दुई सय ३४ रनको लक्ष्य दिएको. छ ।
यूएईको शारजहास्थित शारजहा क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रन बनाएको हो ।
श्रीलङ्काको लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्धतले ६२ रन बनाएका हुन् ।
यस्तै, लकविन अबेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४÷२४ रन बनाए ।
श्रीलङ्काको लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुई÷दुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् ।
नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एक÷एक विकेट हात पारे ।











