चितवन राइनोजद्वारा पोखरा एभेन्जर्ससामु एक सय ६२ रनको लक्ष्य प्रस्तुत

1.95K
shares

नेपाल प्रिमियर लिग (एनपिएल)को पाचौँ खेलमा चितवन राइनोजले जितको लागि पोखरा एभेन्जर्ससामुु एक सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको मङ्गलबारको दोस्रोको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ६१ रन बनाएको हो ।

पोखराको लागि रवि बोपराले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा तीन छक्का र तीन चौकाको मद्धतले ५१ सर्वाधिक ५१ रन बनाए । कप्तान कुशल मल्लले ३८ रनको योगदान दिए । सो क्रममा मल्लले ४ छक्का र एक चौका समेत प्रहार गरे ।

पोखराको लागि ल्यूक मार्टिन बेनकेन्स्टाइनले १६, हसन इसाखिलले १४, सन्तोष कार्कीले ११ र दीपक बोहोराले दुुई रनको योगदान दिए । यस्तै, शरद भेस्वाकरले अविजित ११ र अमरसिंह रौतेलाले अविजित रन जोड्दा सोहेल तनवीरले एक रन पनि जोड्न सकेनन् ।

चितवनले अतिरिक्त ५ रन पायो ।

पोखराको लागि बिपिन खत्री, नेदरल्यान्ड्सका बास डे लिडे र वेस्ट इन्डिजका रेमन राइफरले समान दुुई÷दुुई विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे ।