एनपीएल : पोखराको हरिविजोग !

1.03K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स चितवन राइनोजसँग पराजित भएको छ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई ७४ रनमा समेटियो । १३ ओभर २ ओभरमा अलआउट भएको पोखरा ८७ रनले पराजित भएको हो ।

सुरुवाती ७ जना ब्याट्सम्यानले दोहोरो अंकमा रहन जोड्न सकेनन् । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे ।

मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कप्तान कप्तान तथा ओपनर कुशल भुर्तेल शुन्य, दिलिप नाथ ४, बास डे लिड शुन्य, किरण ठगुन्ना १, दिनेश खरेल १, रायमन रेइफर १, विपीन खत्री ९ र माइकल लिस्क शुन्य रनमा आउट भए ।

बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिएका छन् ।