रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

1.05K
shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज कास्की जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ ।