एनपिएलका १५ खेल : तालिकाको पहिलो स्थानमा जनकपुर, पुछारमा लुम्बिनी
वि.सं.२०८१ मंसिर २४ सोमवार ०८:२०
shares

काठमाडौं । मङ्सिर १५ गतेदेखि राजधानीमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज कुनै पनि खेल छैनन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा अहिलेसम्म १५ वटा खेल भएका छन् । जसमध्ये ४ खेल खेलेको जनकपुर बोल्टस्ले ४ वटै खेल जितेको छ । जनकपुरको ८ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
यस्तै, तालिकाको दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स छ । ४ खेल खेलेको सुदूरपश्चिमले तीन खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार ब्यहोरेको छ । सुदूरपश्चिमको नाममा ६ अंक छ ।
चितवन राइनोजले पनि ४ खेलमध्ये तीन खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ । चितवनले ६ अंक प्राप्त गर्दै तालिकाको तेस्रो स्थान कब्जा गरेको छ । जारी एनपिएलमा कर्णाली याक्सले ४ खेल खेलेको छ । जसमा दुई खेल जितेको छ भने दुई खेलमा हार भोगेको छ । कर्णाली ४ अंकसहित तालिकाको चौथौं नम्बरमा छ ।
त्यस्तै, पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज समान तीन/तीन खेल खेलेका छन् । जसमा दुुबै टोलीले एक खेलमा जित प्राप्त गर्दा दुई खेलमा भने हार ब्यहोरेका छन् । दुबै टोलीले समान २/२ अंक प्राप्त गर्दै तालिकाको क्रमशः पाचौँ र छैठौं स्थानमा छ ।
अंक तालिकाको सातौँ स्थानमा छ, विराटनगर किङ्ग्स । जारी एनपिएलमा विराटनगरले ४ खेल खेलेको छ । जसमा तीन वटा खेल हारेको छ भने एक खेल जितको छ । विराटनगर दुई अंक सहित तालिकाको सातौँ स्थानमा छ ।
एनपिएलमा ४ खेलमै चारै खेल हारेको लुम्बिनी लायन्स तालिकाको पुछारमा छ । लुम्बिनी शुन्य अंकसहित तालिकाको पुछारमा रहेको हो ।
मङ्गलबार दुई खेल हुने
मङ्गलबार एनपिएलमा दुई खेल हुदैँछन् । नेपाल क्रिकेट संघ (क्यान) अनुसार मङ्गलबारको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
त्यस्तै, मङ्गलबारको दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यो खेल दिउँसो एक बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।











