एनपीएलमा आज : चितवन भर्सेस् लुम्बिनी र कर्णाली भर्सेस् पोखरा
वि.सं.२०८१ मंसिर २५ मंगलवार ०७:३६
1.14K
shares
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे चितवन र लुम्बिनीको प्रतिस्पर्धा हुने छ । चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन् ।
लुम्बिनी रोहित पौडेलको कप्तानीमा छ भने चितवनका कप्तान कुशल मल्ल हुन् ।
मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् । चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ ।
कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ ।











