काठमाडौँद्वारा लुम्बिनी सामु १०४ रनको लक्ष्य प्रस्तुत

1.07K
shares

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले लुम्बिनी सामु जितको लागि एक सय चार रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँल १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको हो ।

काठमाडौँको लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै, डेन डउथवेटले २१, प्रतिक श्रेष्ठले २०, स्टीफन एस्किनाजीले १३ रनको योगदान दिए । काठमाडौँको लागि शाहब आलमले ८, सुमित महर्जनले ४ रनको योगदान दिँदा कप्तान करण केसी, गेर्हार्ड इरास्मस र रासिद खानले समान एक/एक विकेट लिए ।

काठमाडौँले अतिरिक्त ३ रन पायो ।

लुम्बिनीको लागि साद बिन जफरले सर्वाधिक तीन विकेट लिए । यस्तै, रामोन सिमन्ड्स र अभिषेक गौतमले समान दुई/दुई विकेट हात पारे भने सुर्य तामाङ र विवेक यादवले एक/एक विकेट लिए । अहिले लुम्बिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।