एनपीएल : लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो

1.25K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत बुधबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्स पराजित भएको छ ।

काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएको रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी प्रतियोगिताको प्लेअफ होडबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङमा गरेको काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी ८५ रनमा अलआउट भयो ।

६ खेल खेलिसकेको लुम्बिनीले १ खेल मात्रै जितेको छ । काठमाडौंले भने २ खेल जित्दै ४ अंक जोडेको छ ।