एनपीएल : चितवनले जनकपुरलाई हरायो
वि.सं.२०८१ मंसिर २९ शनिवार १६:२४
shares

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ ।
जनकपुरमाथि ३२ रनको जित दर्ता गरेको चितवनको प्लेअफ सम्भावना बलियो बनेको छ ।
१८२ रनको लक्ष्य पाएको जनकपुर १८ ओभरमा अलआउट भयो । जनकपुरका लागि जेम्स नीशमले ६५ रनको विस्फोटक पारी खेले पनि जितका लागि पर्याप्त भएन । उनले २४ बलको सामना गरेका उनले ६ छक्का र ५ चौका प्रहार गरे । उनी एनपीएलका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी पनि बने ।
बलिङमा चितवनका लागि रिजन ढकाल, सोहीले चतविर र कुशल मल्लले समान २ विकेट लिए । यस्तै अमर रौटेलाले १ विकेट लिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो ।
चितवनका लागि कुशल मल्लले ७२ रनको अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ७ छक्का र ३ चौका प्रहार गरे ।
यस्तै रवि भोपाराले ३२ बलमा ४४ रन बनाए । सहन सखिले २८ रन बनाए ।
बलिङतर्फ जनकपुरका ललित राजवंशीले २ विकेट लिए हर्स ठाकर, मोहम्मद मोेसिन र मेम्स नीशमले समान ११ विकेट लिए ।











