पर्यटकीय क्षेत्र पाटन दरबार स्क्वायर

1.56K
shares

काठमाडौं । काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो।

मल्लकालीन शासनकालको समयमा पाटन राज्य एक शक्तिशाली राज्यको रुपमा रहेको पाइन्थ्यो । वास्तुकलामा इतिहासको बेजोड नमुना यहाँका ऐतिहासिक धार्मिक सम्पदाहरूमा भेट्न सकिन्छ ।

पहिलेको दरबार क्षेत्र अहिलेको ऐतिहासिक सङ्ग्रहालयका रूपमा छ । यस दरबार क्षेत्रले नेपालको प्राचीन इतिहास, धार्मिक समाज, संस्कृति, पर्यटकीय महत्त्व बोकेको छ ।

दरबार क्षेत्रका सम्पदाहरूमा कुँदिएका कलाकृतिले मानिसलाई लोभ्याउने गरेको छ । यस क्षेत्रमा रहेका मुख्य आकर्षणहरू कृष्ण मन्दिर, तलेजु, अन्य विभिन्न मन्दिरहरू, दरबारभित्रको गद्दी, यहाँका विभिन्न चोकहरू नै हुन् ।