एनपीएल फाइनल आज : उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदै छ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् ।

    सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन् ।

    पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो ।

    पटक पटकको हारको बदला लिनका लागि जनकपुर असक्षम देखिँदैन । सुदूरपश्चिमसँग भएका दुई भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation