बेपत्ता पारिएका भनिएका ३२ जनाको यस्तो छ वास्तविक तथ्य
वि.सं.२०८२ भदौ २५ बुधवार ११:१६
1.61K
shares
shares

प्रहरीले बेपत्ता पारिएका भनिएका ३२ जनाबारे प्रष्ट पारेको छ । अन्य देशमा भएको घटनाको हिंसात्मक तस्बिर प्रयोग गरेर भ्रम सिर्जना गर्ने काम भएको प्रहरीले बताएको छ ।
“अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भन्ने भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ,” प्रहरीले भनेको छ ।
विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक र नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न प्रहरीले आग्रह गरेको छ ।











