यु–२० एसियन कप खेल्न नेपाली खेलाडी टाेली घाेषणा
वि.सं.२०८१ भदौ २४ सोमवार १२:५७
shares

एएफसी यु–२० एसियन कप फुटबलको छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु मैदानमा साफ यु–२० च्याम्पियनसिप खेलेका टोलीमा ६ परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् ।
साफ यु-२० च्याम्पियनसिपको टिममा रहेका १७ खेलाडी यथावत छन् भने विशाल केसी, मदन पौडेल, निनसाङ लिम्बु, जनप्रकाश बम, हरिशराजन भट्ट, रोहन खड्गी बाहिरिएका छन् । अमित टमाटा, निर्मल बल र दीपक थापा मगर, मिडफिल्डर प्रशान्त लक्सम तथा फरवार्ड धनसिंह विक र निमा वाङ्देल तामाङ टिममा परेका छन् ।
नेपाली टोली
गोलकिपर अमित टमाटा, जियारत सेख, कृशल मोक्तान, डिफेण्डर आयुष तिम्सिना, अस्वीन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमेरे, सीमान्त थापा, दीपक थापा मगर, मिडफिल्डर अविनाश स्याङ्तान, कुशल देउवा, लक्ष थापा, सरोज दर्लामी, प्रशान्त लक्सम, फरवार्ड अनिल बम्जन, धन सिंह विक, धर्बेन्द्र कुँवर, निमा वाङ्देल तामाङ, निरज कार्की, समीर तामाङ, निराजन धामी











