अमेरिकी राष्ट्रपतिका उम्मेद्वार ट्रम्पले गरे आफ्नो विजयको घोषणा

2.08K
shares

रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरिरहेका छन् ।

उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए । समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भने, हामी हाम्रो देशलाई निको पार्न मद्दत गर्नेछौं।

ट्रम्पले यो अमेरिकाको लागि ‘स्वर्ण युग’ हुने समेत दाबी गरे । उनले आफ्नो जित अमेरिकी जनताको ठूलो भएको समेत जिकिर गरे ।

ट्रम्पले भने, ‘यो अमेरिकी जनताको लागि ठूलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ।’