यु-१९ महिला टि-२० विश्वकप : युएईले नेपाललाई दियोे ८४ रनको लक्ष्य

  • युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

    युएईको अजमानस्थित द सेभेन स्टेडियममा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको हो ।

    युएईको लागि समाइरा धरनिधर्कले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा एक चौकाको मद्धतले ३१ रन बनाएकी हुन् । यस्तै, रिनिता राजितले १८ बलमा दुई चौकाको मद्धतले २० रन बनाइन् । युएईको लागि लावन्या केनी र इन्धुजा नन्दकुमारले समान दश/दश रनको योगदान दिए ।

    त्यस्तै, आयुषी महेशले तीन र अवनी सुनिल पाटिलले एक रन बनाइन् ।

    युएईका एमिली थोमस, मेहक ठाकुर, अल मसीरा जहाँगीर, इशिता राजित र नेहा कुमारीले एक रन पनि जोड्न सकेनन् ।

    युएईले अतिरिक्त ८ रन प्राप्त गर्यो ।

    नेपालको लागि कृश्मा गुरुङले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, रिया शर्मा र सीमा केसीले समान दुई/दुई विकेट लिए भने रचना कुमारी चौधरीले एक विकेट लिइन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation