पुरुष यू-१९ एसिया कप : दोस्रो खेलमा आज बंगलादेशसँगको सामना गर्दै नेपाल

1.85K
shares

पुरुष यू–१९ एसिया कप–२०२४ को दोस्रो खलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

खेल संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहास्थित शारजहा क्रिकेट रंगशालामा नेपाली समयानुसार बिहान १० : ४५ मा सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा हेमन्त धामीको कप्तानीमा १५ सदस्य छन् ।

जसको उप–कप्तानमा अर्जुन कुमाल रहेका छन् । यस्तै, नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन् ।
त्यस्तै, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ ।

टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।

एसिया कपमा घरेलु टोली यूएई, नेपालसहित ८ राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् समूह ‘बी’मा नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

नेपालले मंसिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

दुबै समूहबाट दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछ । मंसिर १९ गते बुधबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलबाट दुबै समूहबाट एक/एक टोली फाइनलमा पुग्नेछन् । सेमिफाइनलबाट फाइनमा पुग्ने दुई टोलीबीच मंसिर २१ गते उपाधिको लागि भीडन्त हुनेछ ।

खेल मंसिर २३ गतेसम्म चल्नेछ ।