एनपिएल : उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किङ्ग्स ८ विकेटले पराजित

1.08K
shares

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेट हराएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपूरमा भएको खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेट हराएको हो ।

विराटनगर दिएको एक सय २८ रनको लक्ष्य जनकपुरले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

जनकपुरका लागि लाहिरु मिलन्था र हर्ष ठाकरले ८७ बलमा एक सय १६ रनको नटआउट साझेदारी गरे । मिलन्थाले ५३ बलमा तीन छक्का र नौ चौकाको मद्धतले सर्वाधिक ७५ रन बनाए ।

यस्तै, हर्ष ठाकरले ३३ बलमा दुुई चौका प्रहार गर्दै २९ रनको योगदान दिए ।

जनकपुरका कप्तान अनिल शाहले ५ रनको योगदान दिए भने आसिफ शेख शुन्य रनमै आउट भएका थिए ।

जनकपुरले अतिरिक्त २२ रन प्राप्त गर्यो ।

विराटनगरका लागि क्रिस सोल र प्रतिश जिसीले समान एक/एक विकेट लिए ।