एनपिएलमा पोखराको पहिलो जित

1.11K
shares

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउदैँ पोखराले पहिलो जित हात पारेको हो । लुम्बिनीले जितको लागि दिएको एक सय ७१ रनको लक्ष्य पोखराले १६ दशमलव ५ ओभरमा एक विकेट पनि नगुमाई पुरा गरेको हो ।

पोखराको जितमा दुबै ओपनरको सानदार प्रदर्शन रह्यो । पोखराका लागि एन्ड्रिज गौसले शतकीय पारी खेले । उनले ५५ बलमा ५ छक्का र १२ चौका प्रहार गर्दै अविजित एक सय ४ रन बनाए ।

जारी एनपिएलमा गौसले बनाएको रन अहिलेसम्मकै उच्च हो । यस्तै, उनी एनपिएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

यस्तै, अर्का ओपनर दिनेश खरेल अर्धशतकीय पारी खेले । उनले पनि अविजित रहँदै ६१ रन बनाए । ४६ बलमा ४ छक्का र ४ चौकाको मद्धतले ६१ रन बनाए ।

पोखराले अतिरिक्त ११ रन पायो ।

पोखराको यो पहिलो जित हो । पोखरा आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटले पराजित भएको थियो ।

लुम्बिनी लायन्सका एक खेलाडीले पनि विकेट लिन सकेनन् ।