एनपिएल : पोखराद्वारा कर्णाली सामु जितको लागि १०४ रनको लक्ष्य प्रस्तुत

1.52K
shares

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्स सामु जितको लागि एक सय चार रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पोखराले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको हो ।

पोखराको लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । उनले १९ बलमा एक छक्का र चार चौका समेत प्रहार गर्दै २६ रन बनाएका हुन् । एन्ड्रिज गौसले २५, रेमन रेफरले २०, कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए ।

यस्तै, दिलीप नाथले ३, माइकल लीस्कले २, नारायण जोशी र आकाश चन्दले समान एक/एक रनको योगदान दिए ।

पोखराले अतिरिक्त ५ रन प्राप्त गर्यो ।

कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए । यस्तै, कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश ठकुरीले समान एक/एक विकेट हात पारे । अहिले कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ ।