पोखराविरुद्ध बलिङमा काठमाडौँ

  • काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका छन् ।

    यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ ।

    बिहीवार विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको टोलीमा पोखराको टोलीमा ३ परिवर्तन भएको छ । विराटनगरविरुद्ध खेलेका किरण ठगुन्ना, तृत राज दास र जेन मल्लिक बेन्चमा रहँदा आकर्षित गोमिलले एनपिएल डेब्यु गरेका छन् । पोखराका लागि दिलिप नाथ र आकाश चन्द टिममा फर्किएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation