संसदबाट महाअभियोग प्रस्ताव पास भएपछि दक्षिण कोरियाका राष्ट्रपति पदमुक्त

988
shares

काठमाडौं । महाअभियोग प्रस्ताव संसदबाट पास भएपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पदमुक्त भएका छन् ।

उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् ।

देशमा सैनिक शासन लागू गर्ने निर्णयपछि उनी विवादमा तानिएका थिए । युनले भने, उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको दाबी गर्दै मार्सल ल लागू गरेका थिए । तर त्यो निर्णय धेरै समय टिक्न सकेन ।

यसअघि पनि उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो । तर त्यो विफल भएको थियो ।

यसपटक भने सत्तारुढ पिपुल पावर पार्टीका केही सांसदहरुले पनि महा अभियोगको पक्षमा मत दिएपछि प्रस्ताव पास भएको द कोरिया टाइम्सले लेखेको छ । संवैधानिक अदालतले प्रस्तावलाई समर्थन गर्ने वा अस्वीकार गर्ने निर्णय गर्न बाँकी छ ।