नेकपा एसले कुन पार्टीसँग गर्दैछ एकता ?
वि.सं.२०८१ पुस १ सोमवार २०:२७
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसंग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए ।
उनले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताए । केन्द्रीय सदस्यहरुको कार्य बिभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटिको बैठक मंगलबार सम्पन्न हुने उनले बताए ।
खतिवडाले जनताको घर–घरबाटै जनसंघषकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर–घरमा जाने सहितको निर्णय हुने जानकारी दिए ।
त्यस्तै उनले आगामी निर्वाचनहरुमा समाजवादीलाई शसक्त प्रतिष्पर्धीको रुपमा उभ्याउने भन्ने बिषयमा छलफल केन्द्रीत रहेको र यसबारेको ठोस निर्णय पनि मंगलबार नै गर्ने उल्लेख गरे ।











