नेपाललाई विश्वसामु चिनाउने सपना पूरा : कीर्तिमानी पर्वतारोही शेर्पा

1.34K
shares

काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन् । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् । शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन् । शेर्पाले सात वटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् ।

स्वदेश फर्किएका जी शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सान देखीको नेपाललाई विश्वसामु चिनाउने आफ्नो सपना पूरा भएको बताए । उनले सात वटै महादेशको हिमालहरू सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए ।

उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामु चिनाउने आज यो लगभग पूरा भएको छ । हामी नेपालीहरू पनि विश्वसामु चिनिनुपर्छ । विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौँ भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’

यसै गरी उनले बिना अक्सिजन आरोहण गर्न धेरै अफ्ठयारो नभएको बताए ।

यो पनि :

कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू) – newsinnepal.com::आवाज विहिनहरुको आवाज News In Nepal