अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले गरिन् तोडफोड

1.11K
shares

सिराहा । सिराहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ ।

आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् ।

बा २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले आफैँले स्वीकार गरेकी छिन् । तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।