कर्णालीमा हिउँ पर्‍यो, ताल्चा विमानस्थल बन्द

2.11K
shares

मुगु । बिहीबार बिहानदेखि कर्णालीका जिल्लाहरूमा हिमपात भएको छ ।

मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो बढेको छ ।

हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिउँदे अन्नबाली जौ ,गहुँ ,उवा प्रभावित भएको छ । माघको पहिलो साता भए पनि हिउँ पर्दा कृषक खुसी भएको कृषक कुम्बरसिह खड्काले बताए ।

बिहीबार दिउँसो मुगुको सदरमुकाममा वर्षा समेत भएको छ भने माथिल्लो उच्च भेगमा दुई फुटसम्म हिमपात भइरहेको छ । जसका कारण गाईबस्तु चरनका लागि समस्या भएको छ ।

हिमपातका कारण ताल्चा विमानस्थलमा नियमित उडान प्रभावित भएको छ ।