लाओसविरुद्ध नेपालको गोलवर्षा, ५-० को अग्रता

1.57K
shares

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले गोलको वर्षा गरेको छ ।

दोस्रो हाफको खेल जारी रहँदा नेपालले ५ गोलको अग्रता बनाएको छ ।

खेलको ११ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।

सविताको प्रहार सेकेन्ड बार नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। पहिलो हाफमा नै साम्बाको हेडर गोलमा नेपालले अग्रता दोब्बर पार्यो।

खेलको ४७ औँ मिनेटमा सरु लिम्बूको गोलमा नेपालले लाओसविरुद्ध ३–० को अग्रता लिएको हो।

खेलको ४५ औँ मिनेटमा सविताले डिबक्स नजिकबाट गरेको प्रहार सिधै लाओसकी कप्तानको हातमा पुग्यो। खेलको ५५ औँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ४–० को अग्रता लिएको हो।

५६ औँ मिनेटमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ५–० को फराकिलो अग्रता बनायो।