मार्टिन गप्टिल एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी

1.77K
shares

न्युजिल्यान्डका पूर्वओपनर ब्याटर मार्टिन गप्टिल पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्सविरुद्ध किङ्ग्सको तर्फबाट गप्टिलले अर्धशतक प्रहार गरेका हुन् । उनले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन बनाउन सफल भए ।

उनले विराटनगरको लागि अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाएर आउट भएका हुन् । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्धतले ५५ रन बनाएका हुन् ।